PahiloPost

Jul 3, 2024 | २० असार २०८१

हाम्रा धेरै पर्व चन्द्रमासमा आधारित छन्, नेपाल सवंतको थप प्रचार हुनुपर्छ : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

हाम्रा धेरै पर्व चन्द्रमासमा आधारित छन्, नेपाल सवंतको थप प्रचार हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको थप प्रचार हुनुपर्ने बताएका छन्। आज नयाँ वर्ष नेपाल संवत ११४२ को अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा उनले नेपाल संवतको व्यवहारिक कार्यान्वयनका लागि यसको थप प्रचारप्रसार हुनुपर्ने बताएका हुन्।

चन्द्रमासमा आधारित नेपाल संवत अनुसार नै नेपालका धेरै पर्वहरु मनाइने भएको भन्दै उनले यो संवतको महत्व धेरै रहेको बताएका हुन्।

'मलाई पनि यसको बारेमा अलि थाहा थियो। अस्ति साथीहरु मलाई भेट्न आउनु भयो। चन्द्र सिद्धान्तमा आधारित यो संवत अनुसार नै हाम्रो पर्वहरु चल्छन्। मैले धेरै कुरा बुझ्ने मौका मिल्यो। खुशी लाग्यो,' उनले भने।

नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिइसकेको भन्दै उनले शंखधर साख्वा सबै नेपालीहरुको विभूति भएको बताए।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना पत्र पढेर सुनाइएको थियो। भण्डारीले शंखधर साख्वाले गरिव किसानहरुको ऋणमोचन गरेसँगै सुरु भएको नेपाल संवतले नेपालको कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताइन्।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को पात्रो लोकार्पण गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell