काठमाडौं : आजबाट नेपालको मौलिक संवत् नेपाल संवत् ११४२ सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ।
नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्यालीले नगर परिक्रमा गरेको थियो। र्यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो।
गत वर्ष कोरोना संक्रमणका कारण भिंतुना र्याली गरिएको थिएन। वसन्तुपरबाट सुरु भएको र्याली फेरि वसन्तपुरमै आएर टुंगिएपछि शुभकामना सभा गरिएको थियो। त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रचार हुनुपर्ने बताएका थिए।
आज दिनभरी नै उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ। आज बेलुकी नेवार समुदायले म्ह: पूजा गर्दैछन्।