PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

१५ दिनपछि खुल्यो कर्णाली करिडोरको सडक



रासस

१५ दिनपछि खुल्यो कर्णाली करिडोरको सडक
प्रतीकात्मक फोटो।

मान्म : अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो। पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङगा खसेर अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए। 'निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्यायौं,' उनले भने।

सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो। गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell