PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ओली सरकारले ‘कागजी घोडा’ जस्तो बजेट ल्यायो, हामीले यथार्थमा आधारित बनाएका हौंः खाण



पहिलोपोस्ट

ओली सरकारले ‘कागजी घोडा’ जस्तो बजेट ल्यायो, हामीले यथार्थमा आधारित बनाएका हौंः खाण

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले 'कागजी बजेट' ल्याउँदा कार्यान्वनमा समस्या भएको बताए। खाणले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’को संज्ञा समेत दिए।

शुक्रबार गृह जिल्ला रूपन्देहीको तिलोत्तमा गौशालाको गोबर्धन पूजामा सहभागी हुँदै खाणले भने, ‘अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं। जनतासँग हामीले जे हो त्यहीँ बोल्नुपर्छ। सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन। कोषमा पैसा त हुनुपर्यो। दातृ निकायको पनि सहयोग गरेको छैन। कागजमा लेखेर मात्र हुन्छ?' खाणले भने।

आफूहरूले अघिल्लो सरकारले ल्याएका योजना कटौती गरेको नभइ बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाणले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell