PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

परीक्षा पास गरेका सात लाखले वर्ष दिनमा पनि पाएनन् सवारी लाइसेन्स, अझै २ महिना कुर्नुपर्ने



पहिलोपोस्ट

परीक्षा पास गरेका सात लाखले वर्ष दिनमा पनि पाएनन् सवारी लाइसेन्स, अझै २ महिना कुर्नुपर्ने

काठमाडौँः सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन्। लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका सात लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्।

यातायात व्यवस्था विभागले गत वर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ। कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको बहाना बनाउँदै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ। विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम चलिरहेको उनको भनाई छ।

प्रवक्ता भुसालले सबै खरिद प्रक्रिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए। उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिफ्टमा छपाइको काम गरेर भए पनि वितरण गर्ने जानकारी दिए।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो। विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell