PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु



पहिलोपोस्ट

ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौंः ललितपुरको मगंलबजारमा खाने पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

त्यस्तै दुई जना घाइते भएका छन्। इन्द्रमणि ताम्राकारको घरमा ग्यास विस्फोट भएको हो। घर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। साझ ६ बजेर ४७ मिनेटमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

घाइतेहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ।

'चार जनाको शव घरबाट निकालिएको छ। घरभित्र अरु कति जना थिए भन्ने यकिन भइसकेको छैन,'  महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell