PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



पहिलोपोस्ट

हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाइल फोटो

काठमाडौंः देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell