PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

प्रदेश १ को नामकरण चाँडै हुन्छः मुख्यमन्‍त्री राई



रासस

प्रदेश १ को नामकरण चाँडै हुन्छः मुख्यमन्‍त्री राई

किमाथाङ्काः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग सङ्क्षित कुराकानीमा राईले नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाइने बताए।

नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो।

विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताए। नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell