जाभी हर्नानडेज एफसी बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोनाबाटै क्लब फुटबल खेलेका जाभीलाई जारी सिजनसँगै अन्य दुई सिजनका लागि नियुक्त गरिएको क्लबले जनाएको छ।
बार्सिलोनाकै युथ टिम प्रोडक्ट जाभी कतारको अल सद क्लब छाडेर पुरानै क्लबमा आएका हुन्। बार्सिलोनामा नयाँ भूमिकामा फर्किन उनी केहीदिन देखि क्लब मालिकहरुसँग छलफलमा थिए।
क्याम्प नउमा नोभेम्बर ८ मा उनको औपचारिक स्वागत गरिनेछ।
जाभीले बार्सिलोनाबाट ७६७ खेल खेलेका थिए। १७ वर्षको करियरमा उनले २५ प्रमुख ट्रफीहरु जितेका थिए।
