PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डा सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार



पहिलोपोस्ट

डा सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
Photo : peacekeeping.un.org

काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो। 

डा मल्ल कंगोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुखका रुपमा कार्यरत छिन्। उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell