PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्।

आज भाइटीकाका दिन धेरैजना रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड छ। 

२०७२ सालको भूकम्पमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि तिहारमा त्यहाँ भाइटीका गर्ने प्रचलन रोकिएको थियो। मन्दिर बन्द भएपछि बाहिरनै टीका लगाउने गरिन्थ्यो। ६ वर्षपछि गतवर्षबाट भने रानीपोखरीको बालगोपालेश्वमा फेरि दाजुबहिनीहरुको संगम भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell