PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते



पहिलोपोस्ट

टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते
Photo : Getty Images

अमेरिकामा एक सांगीतिक महोत्सव हुँदै गर्दा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ। टेक्ससमा शुक्रवार आयोजित ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा रातिको समयमा भागाभाग हुँदा ३०० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेका छ।

महोत्सवमा आएका दर्शकहरु स्टेज अघि जाने क्रममा भागदौड मच्चिएको बताइएको छ। त्यसक्रममा ११ जनालाई हृदयाघात भएको प्रहरीले जनाएको छ। मानिसहरु स्टेज अघि जाने क्रममा स्टेजको अघिल्लो भागमा रहेका मानिसहरु थिचिएको र मानिसहरु आतंकित भएर भागदौड मच्चिएको स्थानीय अग्नी नियन्त्रकले बताएका छन्।

उक्त सांगीतिक महोत्सवमा करिब ५० हजार मानिस सहभागी थिए। उक्त घटनापछि शनिवारको कार्यक्रम रद्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell