PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

बेनीस्थित बालगृहमा सामूहिक भाइटीका



पहिलोपोस्ट

बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

म्याग्दी : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्।

नेपाल बाल संगठन म्याग्दीले संचालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो।

बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए। म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन्। अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ।

नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell