PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिटीसँग २-० ले पराजित भएको हो।

खेलको ७ औं मिनेटमै एरिक बेलीको आत्मघाती गोलमा अग्रता बनाएको सिटीले खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको ४५ औं मिनेटमा सिटीका बर्नान्डो सिल्भाले गोल थप्दा पहिलो हाफमै सिटी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिटीले २-० ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै सिटी ११ खेलबाट २३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट १७ अंक जोडेको युनाइटेड तालिकाको पाँचौ स्थानमा छ। शीर्षस्थानमा रहेको चेल्सीले १० खेलबाट २५ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell