PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

कलाकारहरुले यसरी मनाए भाइटीका, लक्ष्मीले बहिनीलाई लगाइन् टीका



पहिलोपोस्ट

कलाकारहरुले यसरी मनाए भाइटीका, लक्ष्मीले बहिनीलाई लगाइन् टीका

काठमाडौं: यमपञ्चकको आज अन्तिम दिन दाजुभाईहरुको दीर्घायूको कामना गर्दै भाइटिका मनाउने गरिन्छ। कलाकारहरुले पनि दिदीबहिनी तथा दाजुभाईसँग टिका लगाएर हर्षोल्लासका साथ भाइटिका मनाएका छन्।

गायिका इन्दिरा जोशीले धर्म दाई अशोक श्रेष्ठलाई टिका लगाएर भाइटिका मनाएकी छिन्। बाल्यकालदेखि अशोकसँग इन्दिराको चिनजान छ। इन्दिरालाई अशोकले नै सुरुमा हार्मोनियम बजाउन सिकाएका हुन्। जसकारण उनी अशोकलाई संगीतको पहिलो गुरु मान्छिन्। इन्दिराको एक भाइ भए तापनि यसपाली विदेशमा छन्। जसकारण उनले धर्म दाई अशोक श्रेष्ठलाई नै भाइटिका लगाएर तिहार मनाएको फोटो फेसबुकमा सेयर गरेकी छिन्।

अभिनेता पल शाहले पनि बहिनी रोशनीको हातबाट टिका लगाएर भाइटिका मनाएका छन्। आफू र बहिनीको फोटो फेसबुकमा पोस्ट गर्दै उनले तिहारको शुभकामना समेत दिएका छन्।

हाँस्यकलाकार मनोज गजुरेलले पनि भाइटिका मनाएका छन्। उनले परिवारसँगको फोटो फेसबुकमा सेयर गरेका छन्।

 

त्यसैगरि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भाइटिकाको शुभकामना दिँदै फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन्। साम्राज्ञी र उनका भाइले एउटै रङ्गको लुगा लगाएर टिका र मखमली फूलको माला लगाएको फोटोमा देख्न सकिन्छ।

गायक प्रमोद खरेलले पनि तिहार मनाएका छन्। उनले बहिनीले टिका लगाइदिएको फोटो फेसबुकमा पोस्ट गर्दै तिहारको शुभकामना दिएका छन्।

अभिनेत्री लक्ष्मी बर्देवाले भने बहिनीलाई टिका लगाएर भाइटिका मनाएकी छिन्। उनले आफूले बहिनीलाई टीका लगाइदिएको फोटो फेसबुकमा सेयर गरेकी छिन्।

त्यसैगरि कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र गायक प्रमोद निर्वाण लगायतका कलाकारहरुले भाइटिका मनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell