PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?



पहिलोपोस्ट

राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धेरैले गान्धी/नेहरु परिवारको उत्तराधिकारीका रुपमा लिने गर्छन्। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाति, पूर्व प्रधानमन्त्री राहुल गान्धी र कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरालाई नै गएको लोकसभा चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भए। अमेठीबाट पराजित भएपनि उनी केरलाको वयानडबाट विजय भए।

राहुल गान्धीलाई भारतीय जनता पार्टीले वंशवादको प्रतिकको रुपमा व्याख्या गर्ने गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले राहुलाई 'पप्पु' भनेर समेत भन्ने गरेका छन्। कांग्रेस भित्र पनि उनलाई अनुसार बनाउने वा नयाँ अनुहारलाई भित्र्याउने भन्ने बारेमा विवाद छ। यसबिच उनले शनिवार एक भिडियो सन्देश जारी गरेका छन्। जसमा उनले आफू भारतको प्रधानमन्त्री भए गर्ने पहिलो काम बारे बोलेका छन्।

तमिलानाडु चुनावलाई लक्षित गरि उनी कन्याकुमारीको सेन्ट जोसेफ मेट्रिक हायर सेकेन्डरी स्कूल पुगेका थिए। उनले त्यहीका विद्यार्थी र शिक्षकसँग दिवाली मनाएका थिए। विद्यालयसँग सरोकारवालाहरुसँग भएको छलफलको बारेमा उनले ट्वीट गरेका हुन्।

भ्रमणका क्रममा राहुललाई एक व्यक्तिले उनी प्रधानमन्त्री हुने बित्तकै गर्ने पहिलो काम के हुनेछ भनेर प्रश्न गरेका थिए। राहुलले ती व्यक्तिको प्रश्न लगत्तै महिला आरक्षण दिने बताएका थिए। कार्यक्रममा सहभागीहरु सँग भएको विविध छलफलमा उनले आफ्ना बच्चाहरुलाई बिनम्रता सिकाउने समेत बताए।

राहुल गान्धीले कांग्रेस पार्टीभित्र पुराना नेताका छोराहरुलाई भन्दा कन्हैया कुमार लगायतका नयाँ अनुहारलाई स्थान दिएको भन्दै समर्थन र आलोचना भइरहेको छ। यसबिच उनी दिदी प्रियंका गान्धी उत्तर प्रदेशको नयाँ अनुसार बन्ने बारेमा पनि बहस भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell