भारतमा पछिल्लो २४ घण्टामा १० हजार भन्दा बढी कोरोना संक्रमित पहिचान भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप १० हजार ८५३ जनामा संक्रमण देखिएको हो।
१२ हजार ४३२ जना संक्रमण मुक्त हुँदा हाल भारतभर कूल सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ८४५ पुगेको छ। २६० दिनपछि भारतमा सक्रिय संक्रमितको संख्या सबैभन्दा कम भएको हो।
भारतमा संक्रमणबाट थप ५२६ जनाको मृत्यु भएको छ।
