PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?



पहिलोपोस्ट

सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?
PHOTO : MICHAEL STEELE-ICC/ICC VIA GETTY IMAGES

आज टी ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ। ग्रुप 'बी'मा रहेका यी दुई टोलीको लक्ष्य सेमिफाइनल प्रवेश हो। तर, यी दुई टीम भन्दा खेलको चिन्ता लागेको छ भारतलाई। भर्खरै दिवाली सकाएका भारतीयहरु आज सुपर सन्डेमा हुने खेलमा अफगानिस्तानको जितका लागि प्रार्थना गरिरहेका छन्।

केही दिन अघि भएको अफगानिस्तानसँगको खेलमा भारतले जित निकाल्दै सेमिफाइनलमा पुग्ने समीकरणमा आफूलाई जीवित राखेको थियो। अहिले भने आफूले पराजित गरेको टोली नै भारतको सेमिफाइनल प्रवेशको लागि साँचो बनेको छ।

सेमिफाइनल पुग्न न्यूजिल्याण्डको हार भारतको लागि अनिवार्य बनेको छ। आज अफगानिस्तान पराजित भए भारतको सेमिफाइनल पुग्ने ढोका बन्द हुन्छ। र, भोलि हुने नामिबियासँगको खेल भारतको लागि औपचारिकता मात्रै हुनेछ।

तर, भारतले चाहे जस्तो हुन भने निकै कठिन छ। न्यूजिल्याण्डको ट्र्याक रेकर्ड निकै राम्रो छ। विश्वकपमा न्यूजिल्याण्डले आफ्ना प्रतिस्पर्धीलाई कडा टक्कर दिँदै आएको छ। हाल न्यूजिल्याण्ड समूह 'बी' को दोस्रो स्थानमा छ। भारत तेस्रो स्थानमा छ भने अफगानिस्तान चौथो।

न्यूजिल्याण्डको ब्याटिङ अफगानिस्तानको भन्दा राम्रो रहेको खेल विश्लेषकहरु बताउँछन्। अफगानिस्तान भने आफ्नो स्पीन बलरको शक्तिकै आधारमा मैदानमा उत्रनेछन्। किनभने न्यूजिल्याण्डमा स्पीन बल सामना गर्ने पर्फेक्सन कमै खेलाडीसँग मात्रै रहेको बताइन्छ।

पाकिस्तानसँग पराजित भएपछि भारतीयको टोलीको कडा आलोचना भएको थियो। त्यसपछि भने भारतीय टोलीले पछिल्लो दुई खेलमा आफ्नो प्रदर्शन सुधारेको छ। भारतीय टोलीले नेट रन रेट पनि बढाएको छ। त्यसैले आज अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गर्नु र भारतले नामिबियालाई पराजित गर्नु उसका लागि सेमिफाइनल इन्ट्रीको आधार तय हुनु हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell