PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु, १७ जना घाइते



पहिलोपोस्ट

सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं : सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

बसमा सवार अन्य १७  जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको थियो।

'९ जनाको मृत्यु भइसकेको छ। हामी घटनास्थलमा नै छौं। तीब्र गतिको कारण दुर्घटना भएको प्ररम्भिक रुपमा बुझिएको छ। थप अनुसन्धानबाट खुल्छ,' जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले भने।

बसमा २६ जना यात्रु सवार रहेको खुलेको छ। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell