PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्। 

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड आठ विकेटले विजयी भयो। 

प्रतियोगितामा समूह १ बाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्। यस्तै, समूह २ बाट न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका हुन्। 

जारी प्रतियोगितामा भारत, वेस्ट इन्डिज तथा श्रीलंकाजस्ता टोलीको प्रदर्शन सन्तोषजनक रहेन। दक्षिण अफ्रिका यो पटक पनि अनलक्की टोली बन्यो। समूह चरणका चार खेल जिते पनि रन रेटमा अष्ट्रेलियासँग पछि परेपछि अफ्रिका समूह चरणबाटै बाहिरियो। 

यस्तै, भारतले समूह चरणका चारमध्ये दुई खेलमात्र जितेको छ। अब अन्तिम खेल नामिबियासँग हुनेछ। 

श्रीलंकाले जारी प्रतियोगितामा पाँचमध्ये दुईमात्र खेलमा जित हासिल गर्‍यो। बंगलादेशले समूह चरणका पाँचै खेलमा हार ब्यहोर्‍यो। सुपर १२ मा बंगलादेश अंकविहीन नै बन्यो। स्कटल्याण्डले पनि हालसम्म खेलेका चारै खेलमा हार व्यहोरेको छ। स्कटल्याण्ड र पाकिस्तानबीच आजै खेल हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell