PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

वाग्मतीमा मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने



पहिलोपोस्ट

वाग्मतीमा मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

हेटौँडाः वाग्मती प्रदेश सभाको बैठक भोलि बस्ने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। सोमबार ३ बजेका लागि बैठक बोलाइएको छ।  

बैठक सोमबार सुरुवात भए पनि समय अभाव भएमा मंगलबार विश्वासको मत लिने सभामुख श्रेष्ठले बताए।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले सोमबार नै विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मतको प्रक्रिया पूरा भएपछि मात्र मन्त्रिपरिषद विस्तारको तयारी मुख्यमन्त्रीको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell