PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरीको अपराध प्रमाणित गर्ने सूर्याको फिल्म ‘जय भीम’ कुन घटनामा आधारित छ ?



पहिलोपोस्ट

प्रहरीको अपराध प्रमाणित गर्ने सूर्याको फिल्म ‘जय भीम’ कुन घटनामा आधारित छ ?
Photo : @2D_ENTPVTLTD

दिवालीको अवसरमा तमिल फिल्म 'जय भीम' ओटीटीमा रिलिज भएको थियो। यस फिल्ममा अभिनेता सूर्याको मुख्य भूमिका देख्न सकिन्छ। रिलिज भएसँगै फिल्मको चर्चा त भएकै छ, साथै फिल्म विवाद समेत फसेको छ।

दर्शकले फिल्मको एक दृश्यलाई लिएर आप्पति जनाएका छन्। त्यो दृश्यलाई हटाउन समेत माग गरिरहेका छन्। उक्त दृश्यमा अभिनेता प्रकाश राजद्वारा निभाइएको प्रहरी पात्रले एकजना हिन्दी बोल्ने व्यक्तिलाई थप्पड हान्छन्। उनले किन थप्पड हानेको भनि सोध्दा जवाफमा सूर्याले तमिलमा बोल्न भन्छन्। जसको अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

फिल्म 'जय भीम' तमिलनाडुमा सन् १९९३ मा घटेको सत्य घटनामाथि आधारित छ।

कुन घटनामाथि बनेको छ फिल्म ?

सन् १९९३। तमिलनाडुको मुदन्नी गाउँमा कुरवा आदिवासीका चार परिवार बस्थे। कुरवा समुदाय पहिले 'अपराधी जनजाति'को श्रेणीमा समावेश थियो। राजकन्नु र सेंगई नाम गरेका दम्पति पनि त्यसै गाउँमा बस्थे। २० मार्च बिहानतिरको कुरा हो। प्रहरीले सेंगईको घरको ढोका ढक्ढकाए। अनि सेंगईलाई सोधे : तिम्रो श्रीमान कता गए? जवाफमा सेंगईले काममा गएको बताइन्।

प्रहरीले नजिकैको गाउँमा डेढ लाख रुपैयाँ (भारु) को आभूषण चोरी भएकाले तिम्रो श्रीमानलाई खोजिरहेको बताएछन्। त्यसपछि सेंगई केही बोल्न सकिनन्। जवाफ नदिएपछि प्रहरीले सबै परिवारलाई नै प्रहरी चौकी लग्यो।

उनीहरुको परिवारलाई नै सोधपुछ गरियो। सोही क्रममा प्रहरीले सेंगाईको परिवारलाई शारीरिक तथा मानसिक यातना समेत दिएको थियो। सेंगई र राजकन्नुको परिवारले त्यस रात प्रहरी चौकीमै बस्नु परेको थियो।

भोलिपल्ट पनि प्रहरी राजकन्नुको खोजी गर्न निस्क्यो। साँझ ४ बजे राजकन्नुलाई चौकी ल्याइयो। त्यसपछि मात्रै प्रहरीले सेङ्गाई र उनका छोराछोरीलाई घर जान अनुमति दियो।

भोलिपल्ट दिउँसो सेंगाई खाजा लिएर प्रहरी चौकी आइन्। आफ्नो श्रीमानलाई झ्यालमा बाँधेर प्रहरीहरुले कुटिरहेको देखिन्। श्रीमानको शरीरबाट रगत निस्किरहेको र बेहोसी हालतमा देख्दा उनलाई निकै पीडा भयो। किन यसरी कुटेको भनि सोध्दा उल्टै प्रहरीले उनलाई बसमा राखेर घर पठाइदिए।

जब उनी घर पुगिन्। तब गाउँभरि राजकन्दु हिरासतबाट भागेको हल्ला फैलिएको थियो। जुन खबर प्रहरीले नै दिएका थियो। भागेको खबर सुन्दा उनी छक्क परिन्। उनलाई विश्वास नै लागिरहेको थिएन्। तीन घण्टाअघि बेहोस भएको मान्छे कसरी उठेर भाग्न सक्छ ?

त्यसको भोलिपल्ट अर्थात २२ मार्च सन् १९९३ मा एउटा शव भेटियो। शवमाथि बेवारिसे भनेर लेखिएको थियो। शवको पुरै शरीरभरी चोट र घाउहरु थिए।

त्यसपछि न्यायका लागि सेंगईको लडाइँ सुरु हुन्छ। उनको श्रीमानलाई प्रहरीले कुटेर मारेका थिए। तर प्रहरीले भने हिरासतबाट भागेको भनि बताइरहेका थिए। उनलाई यो कुरामा पत्यार नै लागेन। आफ्नो श्रीमानको न्यायको लागि उनी अधिकारीहरु देखि अदालतसम्म धाउन थालिन्।

एकदिन उनले त्यस्ता वकिलको बारेमा जानकारी पाइन्। जुन वकिलले मानव अधिकारको मुद्दामा नि:शुल्क वकालत गर्दथे। सेंगईले उनीसँग सहयोग मागिन। वकिलको नाम थियो: जस्टिज चन्दु। फिल्म 'जय भीम' को कथा जस्टिज चन्दुमाथि नै आधारित छ। 

उनले सेंगईको पक्षमा लड्ने फैसला गरे। उनी सेंगईको लागि लड्न अनेक प्रमाण जुटाउन लागे। त्यसबखत उनको मृत्यु प्रहरी चौकीमा भएको भनि प्रमाणित हुन सकेन्। त्यसपछि सन् २००६ मा मद्रास उच्च अदालतले राजकन्नुको मृत्युमा पाँच प्रहरीलाई दोषी ठहराएको थियो। उक्त घटनाको १३ वर्षपछि ती प्रहरीलाई जन्मकैदको सजाय सुनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell