PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोरोना महामारीको कारण आर्थिक संकट : २०२० मा भारतमा ११ हजार बढी व्यापारीले गरे आत्महत्या



पहिलोपोस्ट

कोरोना महामारीको कारण आर्थिक संकट : २०२० मा भारतमा ११ हजार बढी व्यापारीले गरे आत्महत्या

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्यांक अनुसार सन् २०२० मा कोरोना भाइरस महामारीको संक्रमणका कारण उत्पन्न आर्थिक संकटबिच आत्महत्या गर्ने व्यापारीहरुको संख्या ५० प्रतिशत बढेको छ

सन् २०१९ को तुलनामा २०२० मा सबैभन्दा बढी आत्महत्या गर्नेमा व्यापार/व्यवसाय गर्दै आएका व्यक्ति छन्।

भारतमा किसानको आत्महत्याका समाचार धेरै आउने गर्छन्। सबैभन्दा आत्महत्या पनि किसानले नै गर्दै आएको यसअघिका तथ्यांकहरुले देखाएको छ। तर, महामारीका कारण उत्पन्न संकटका कारण सन् २०२० मा भने किसानले भन्दा बढी व्यापारीहरुले आत्महत्या गरेको तथ्यांकले देखाएको हो।

ब्यूरोका अनुसार सन् २०२० मा ११ हजार ७१६ जना व्यापारीले आत्महत्या गरेका छन्। यही समयमा १० हजार ६६७ जना किसानले पनि आत्महत्या गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell