PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

देशभरै पानी पर्न सक्ने, हिमाली भेगतिर हिमपातको सम्भावना



पहिलोपोस्ट

देशभरै पानी पर्न सक्ने, हिमाली भेगतिर हिमपातको सम्भावना
प्रतीकात्मक फोटो।

काठमाडौं : हाल अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ।

अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।

भोलि मङ्गलवार पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक २४ गते बुधवार प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम नौ दशमलब दुई डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell