PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रधानमन्त्री, मन्त्री, प्रधान न्यायाधीश र न्यायाधीशहरू सबै राजीनामा दिनुपर्ने खालका छन् : केपी ओली



पहिलोपोस्ट

प्रधानमन्त्री, मन्त्री, प्रधान न्यायाधीश र न्यायाधीशहरू सबै राजीनामा दिनुपर्ने खालका छन् : केपी ओली

विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका अन्य न्यायाधीशहरु राजीनामा दिनुपर्ने खालका भएको बताएका छन्।

सोमवार दिउँसो विराटनगर आइपुगेका ओलीले विमानस्थलमा स्थानीय संवाददातासँग सरकारका सबै र प्रधान न्यायाधीश लगायतका अन्य न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ।’

उनले सर्वोच्चले संविधानको धारा नै परिवर्तन गरिदिएको जिकिर गर्दै न्याय मरेको घोषणा समेत गरे।

ओलीले एमसीसी पारित गर्न देउवाले पत्र लेखेको र प्रचण्डले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको टिप्पणी गरे। उनले कुनै पनि बहानामा कसैले पनि मुलुकलाई ढाँट्न नपाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell