PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

'राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न प्रधान न्यायाधीश तयार हुनुपर्छ'



पहिलोपोस्ट

'राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न प्रधान न्यायाधीश तयार हुनुपर्छ'

काठमाडौं : कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा सोमबार आयोजना गरेको धर्ना कार्यक्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएका हुन्।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो। कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिनेवाला छैन। र, देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्छ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको बताए। उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको समेत बताए।

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रिय सदस्य रमनकुमार कणर्ले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने भन्दै आफूहरु निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारे।

नेपाल बार एशोसिएशनले मंगलबार बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतमा धर्ना दिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell