PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्छ : गृहमन्त्री खाण



पहिलोपोस्ट

न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्छ : गृहमन्त्री खाण

जनकपुधाम : गृहमन्त्री बालकृष्ण खाण कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुनका लागि जनकपुर आइपुगेका छन्।

जनकपुरमा आयोजित एक अर्को कार्यक्रममा खाणले न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको बताउँदै न्यायपालिकामा देखिएको समस्या छिटो समाधान हुने विश्वास प्रकट गरे।

'न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको छ र स्वतन्त्रतापूर्वक काम गरिरहेको छ। हाल न्यायपालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको छ,' उनले भने।

उनले काँग्रेसको महाधिवेशनले अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए।

'काँग्रेस लोकतान्त्रिक पार्टी हो। पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्छ,' उनले भने।

आम जनताको जीवन रक्षाको लागि नेपाल सरकार गम्भीर रहेको समेत गृहमन्त्रीले बताए। उनले सरकारको पहिलो दायित्व नै नागरिकको जीवन रक्षा रहेको र त्यसका लागि आफूहरु प्रयत्नशील रहेको बताए।

'अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell