PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

फेसबुकमाथि 'मेटा' नाम चोरेको आरोप



पहिलोपोस्ट

फेसबुकमाथि 'मेटा' नाम चोरेको आरोप
Photo : gadgetsnow.com

काठमाडौं : फेसबुकले आफ्नो ब्राण्डिङ नाम 'मेटा' राखेपछि सिकागोको अर्को टेक कम्पनी 'मेटा कम्पनी' अदालत जाने भएको छ। आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा कम्पनी फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारीमा जुटेको हो।

मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न नसकेको तर, मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन खोजेको आरोप समेत लगाएका छन्।

गत कात्तिक ११ मा मेटा कम्पनीले विज्ञप्ति जारी गर्दै फेसबुकले ट्रेडमार्क चोर्दै आफ्नो कम्पनीको नाम रिब्राण्डिङ गरेको दाबी गरेको थियो।

स्कुलिकका अनुसार विगत तीन महिनादेखि फेसबुकका वकिलहरुले 'मेटा' नाम आफूहरुलाई बिक्री गर्न निरन्तर दबाब दिएका थिए। तर आफूहरुले त्यो प्रस्ताव धेरै पटक अस्वीकार गरेको उनले बताएका छन्।

सन् २०१६ मा मेटा कम्पनीले आफ्नो ट्रेडमार्क दर्ता गराएको थियो। तर, २०१५ मा चान जुकरबर्ग इनिसिएटिभको नाममा ट्रेडमार्क दर्ता छ। मेटाले भने उक्त कम्पनीले लगाएको आरोपको अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell