PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दियो तीन लाख डोज भेरोसेल खोप



पहिलोपोस्ट

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दियो तीन लाख डोज भेरोसेल खोप

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ।

प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन्। खोपसँगै राजदूत यान्छीले १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरेकी थिइन्।

उक्त अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद व्यक्त गरेका थिए।

चिनियाँ सेनाबाट उपलब्ध खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell