काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोभिड १९ परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको छ। पीसीआर परीक्षणका क्रममा ३७१ जनामा र १९ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।
यस्तै, ४२५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६५४ पुगेको छ।
संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। यससँगै देशभर ११ हजार ४५३ जना संक्रमितको मृत्यु भइसकेको छ।
