काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमण सकेर नेपाल आएपछि पहिलोपटक गठबन्धनको बैठक बस्न लागेको हो।
राष्ट्रिय सभाको रिक्त पदको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनको तयारीबारे गठबन्धनले छलफल अघि बढाएको हो।
यस्तै, विदेश भ्रमणबाट फर्कने क्रममा देउवाले एमसीसी पास गर्न माओणवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाएको भन्दै दिएको अभिव्यक्तिबारे पनि छलफल हुने गठबन्धनका एक नेताले बताए।
गठबन्धनको बैठक पछि दलहरुले आआफ्नो पार्टीमा छलफल गरेर पछिल्लो राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे पनि गठबन्धनमा एक मत छैन।
