PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

'सम्मानित नेता' का रुपमा एकीकृत समाजवादीको कार्यालयमा झलनाथ खनालको पहिलो इन्ट्री



पहिलोपोस्ट

'सम्मानित नेता' का रुपमा एकीकृत समाजवादीको कार्यालयमा झलनाथ खनालको पहिलो इन्ट्री

काठमाडौं : नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल पार्टीको काममा फर्किएका छन्। स्वास्थ्य उपचारपछि खनाल सोमवारदेखि काममा फर्किएका हुन्। नेकपा एमालेमा वरिष्ठ नेताका रुपमा रहेका खनाल पार्टी विभाजनसँगै एकीकृत समाजवादीको 'सम्मानित नेता' बनेका हुन्।

आज पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बसेको विदेश विभागको बैठकमा खनाल सहभागी भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल नै छन्।

साउन २० गते भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा खनालले घरमै आराम गरेर बसिरहेका थिए। उनले यसअघि स्वास्थ्यको कारण पार्टीका काममा सहभागी हुन पाएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell