PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सरकार सञ्चालनबारे परामर्श गर्न गठबन्धनले बनायो समन्वय समिति, संयोजक दुई-दुई महिनामा फेरिने



पहिलोपोस्ट

सरकार सञ्चालनबारे परामर्श गर्न गठबन्धनले बनायो समन्वय समिति, संयोजक दुई-दुई महिनामा फेरिने

काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएको छ। सोमबार साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

हाल गठबन्धनको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकिएको छ।

गठबन्धनमा दलहरुका तर्फबाट दुई दुई सदस्य रहने छन्। यस्तै, सरकारका तर्फबाट प्रवक्ता कार्की रहने समझदारी बनेको छ।

समन्वय समितिमा कांग्रेसबाट पौडेल र कृष्ण सिटौला सदस्य छन्। यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ छन्। एकीकृत समाजवादीबाट माधव नेपालको नाम तय भएको छ। अर्का एक सदस्यको नाम सिफारिस हुन बाँकी छ। यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट पनि एक सदस्य सिफारिस भएको छैन। हाल उपेन्द्र यादवको मात्र नाम समितिमा राखिएको छ।

यस्तै, गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन्।

समन्वय समितिको संयोजक प्रत्येक दुई÷दुई महिनामा परिवर्तन हुनेछ। दलहरुले आलोपालो गरेर संयोजक तोक्नेछन्।

सत्तारुढ गठबन्धनले आगमी राष्ट्रिय सभा निर्वाचन, तथा विभिन्न तहमा हुन बाँकी उपनिर्वाचनको तयारी स्वरुप समन्वय समिति गठन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell