PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

युरोपका अन्तिम तानाशाह आप्रवासीलाई बेलारुस छाड्न बाध्य पार्दै, पोल्याण्डद्वारा सीमामा कडाई



पहिलोपोस्ट

युरोपका अन्तिम तानाशाह आप्रवासीलाई बेलारुस छाड्न बाध्य पार्दै, पोल्याण्डद्वारा सीमामा कडाई
Photo : Getty Images

पोल्याण्डले बेलारुसबाट शरण लिन आउन लागेका आप्रवासीलाई प्रवेशमा रोक लगाएको छ।

हजारौं आप्रवासीहरु बेलारुससँग जोडिएको पूर्वी सीमाबाट पोल्याण्ड प्रवेशका लागि आइरहेको बीबीसीले जनाएको छ। त्यसैले पोल्याण्डले आफ्नो पूर्वी सीमाबाट आप्रवासीलाज्ञ रोक्न हजारौं संख्यामा सुरक्षाकर्मी प्रयोग गरेको छ। यस्तै, सीमा क्षेत्रमान फलामे तारले घेरिएको छ। आप्रवासीहरु फलामे तार नाघेर नै पोल्याण्ड तर्फ आउने प्रयासमा समेत छन्।

बेलारुसले आप्रवासीहरुलाई आफ्नो भूमिमा पठाएको भन्दै पोल्याण्डले त्यसलाई शत्रुतापूर्ण कार्य भनेको छ। त्यसलाई रोक्न पोल्याण्डले १२ हजार बढी सुरक्षाकर्मी परिचालन गरेको छ।

मध्यपूर्व र एसियाली राष्ट्रबाट बेलारुस पुगेका आप्रवासीहरु हाल पोल्याण्डको सीमामा आइपुगेका हुन्।

बेलारुस तानाशाह भएको अन्तिम युरोपेली राष्ट्र हो। बेलारुसमा ‘युरोपका अन्तिम तानाशाह’ का रुपमा परिचित एलेक्सजेन्डर लुकास्हेनले २६ वर्ष भन्दा लामो समयदेखि सत्ता संचालन गर्दै आएका छन्। गत अगस्टमा भएको निर्वाचनमा उनी छैटौं पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए। तर, त्यसलाई धेरै युरोपेली राष्ट्रले मान्यता दिएन। र, युरोपियन युनियनले एलेक्सजेन्डर लुकास्हेनमाथि कयौं प्रतिबन्ध लगाएको थियो।

आफू मागि प्रतिबन्ध लगाइएपछि लुकास्हेनले आप्रवासीको लहरलाई पोल्याण्‍ड लगायत अन्य देश तर्फ पठाएको अनुमान गरिएको छ।

हजारौं संख्यामा आप्रवासी प्रवेश गर्न खोजेपछि त्यसलाई रोक्न खोजेको पोल्याण्डको आलोचना भइरहेको छ। केही आप्रवासीको चिसोका कारण मृत्यु भएको छ। आप्रवासीहरुले आफूहरुलाई बेलारुस छाड्न बाध्य पारेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell