PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विराटनगर कारागारभित्र दोहोरो झडप, ६ जना घाइते



पहिलोपोस्ट

विराटनगर कारागारभित्र दोहोरो झडप, ६ जना घाइते

विराटनगर : विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको आरोप लगाउँदै कैदीबन्दीहरू झडपमा उत्रिँदा ६ जना घाइते भएका छन्।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेले अनावश्यक र निर्मम यातना दिएको कैदीबन्दीको दुखेसो छ। असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि दोहोरो झडप भएको थियो।

झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएको कारागार प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए। अन्य घाइतेमा नाइकेहरु शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

आन्दोलित कैदीबन्दीले चौकीदार गुरुङको समूहका नाइके, भाइनाइके र अन्य गरी १४ जनालाई जेलभित्रैको एक कोठामा थुनेका थिए।

यसरी थुनिनेमा चौकीदार गुरूङ, पदमकुमार लिम्बु, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बबिहाङ राई गरी १५ जना थिए।

उनीहरूलाई प्रहरीले कारागारबाट निकालेर सुरक्षित स्थानमा राखेको जेल प्रशासनले जनाएको छ।

जेलर पोखरेलले भने, ‘चौकीदार गुरुङबाहेकका १४ जनालाई हामीले बाहिर निकालिसकेका छौँ। यसपछि जेलभित्रको वातावरण साम्य भएको छ।’

उनले ती १४ कैदीबन्दीलाई विराटनगर कारागारबाट बाहिर पठाउने तयारी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell