चीनले मरुभूमिमा नक्कली युद्धपोत बनाएर सैनिक प्रशिक्षण गरिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। स्याटलाइट तस्विरका आधारमा चीनले शिन्जियांग प्रान्तको मरुभूमिमा अमेरिकी युद्धपोतको नक्कली आकृति बनाएर युद्ध अभ्यास गरिरहेको हो।
अमेरिकी स्पेस टेक्नोलोजी कम्पनी मैक्सरले प्राप्त गरेको एक तस्विरमा रेल ट्रयाकमा युद्धपोत जस्तै आकृति राखिएको देखिएको हो। अमेरिकी नौसेनाका विशेषज्ञका अनुसार मरुभूमिमा देखिएको आकृति अमेरिकी सेनाको युद्धपोतको आकारमै बनाइएको छ। त्यहाँ अमेरिकी सेनाको दुई नक्कली युद्धपोत बनाइएको अनुमान गरिएको छ।
चीनले वर्षौंदेखि एन्टी शिप ब्यालेस्टिक मिसाइस निर्माण गरिरहेको दाबी समेत गरिएको छ।
