PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

दिल्लीमा नेपाल र भारतका सेना प्रमुखबिच भेटवार्ता, साउथ ब्लकमा प्रधानसेनापति शर्मालाई दिइयो 'गार्ड अफ अनर'



पहिलोपोस्ट

दिल्लीमा नेपाल र भारतका सेना प्रमुखबिच भेटवार्ता, साउथ ब्लकमा प्रधानसेनापति शर्मालाई दिइयो 'गार्ड अफ अनर'
सबै तस्विर : ADG PI - INDIAN ARMY

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच भेटवार्ता भएको छ। नरवणेको निमन्त्रणामा शर्मा मंगलवार बिहान दिल्ली प्रस्थान गरेका थिए।

चारदिने भ्रमणका क्रममा दिल्ली पुगेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो। त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच छलफल भएको हो। दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ। उनलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell