काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनाको कोरोना भाइरस परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४८४ जना संक्रमण मुक्त भएका छन्।
यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१२ पुगेको छ।
संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४५४ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।
