PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पोल्याण्डका प्रधानमन्त्रीको आरोप : आप्रवासी संकटको योजनाकार रसियाली राष्ट्रपति पुटिन



पहिलोपोस्ट

पोल्याण्डका प्रधानमन्त्रीको आरोप : आप्रवासी संकटको योजनाकार रसियाली राष्ट्रपति पुटिन
बेलारुसबाट पोल्याण्डको सीमामा आइपुगेका आप्रवासी Photo : SHWAN KURD / BBC

पोल्याण्डका प्रधानमन्त्री माट्युस मोराभियस्कीले बेलारुससँग जोडिएको आफ्नो देशको सीमामा आप्रवासी संकट उत्पन्न हुनुको कारण रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन्।

हजारौं आप्रवासीहरु बेलारुससँग जोडिएको पूर्वी सीमाबाट पोल्याण्ड प्रवेशका लागि आएका छन्। उनीहरुलाई रोक्न पोल्याण्डले आफ्नो सीमामा हजारौं संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ। सीमा क्षेत्रलाई फलामे तारले घेरिएको छ। आप्रवासीहरु फलामे तार नाघेर नै पोल्याण्ड तर्फ आउने प्रयासमा समेत छन्।

पुटिनका निकट मानिने बेलारुसका एलेक्सजेन्डर लुकास्हेनले आप्रवासीहरुलाई आफ्नो भूमिमा पठाएको भन्दै पोल्याण्डले त्यसलाई शत्रुतापूर्ण कार्य भनेको छ। मध्यपूर्व र एसियाली राष्ट्रबाट बेलारुस पुगेका आप्रवासीहरु हाल पोल्याण्डको सीमामा आइपुगेका हुन्।

बेलारुस तानाशाह भएको अन्तिम युरोपेली राष्ट्र हो। बेलारुसमा ‘युरोपका अन्तिम तानाशाह’ का रुपमा परिचित एलेक्सजेन्डर लुकास्हेनले २६ वर्ष भन्दा लामो समयदेखि सत्ता संचालन गर्दै आएका छन्। गत अगस्टमा भएको निर्वाचनमा उनी छैटौं पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए। तर, त्यसलाई धेरै युरोपेली राष्ट्रले मान्यता दिएन। र, युरोपियन युनियनले एलेक्सजेन्डर लुकास्हेनमाथि कयौं प्रतिबन्ध लगाएको थियो।

आफू मागि प्रतिबन्ध लगाइएपछि लुकास्हेनले आप्रवासीको लहरलाई पोल्याण्‍ड लगायत अन्य देश तर्फ पठाएको अनुमान गरिएको छ। लुकास्हेनलाई रसियाको समर्थन रहेको बताइन्छ।

पोल्याण्डका प्रधानमन्त्री माट्युस मोराभियस्कीले पुटिनले नै आफ्नो देशमा संकट उत्पन्न गर्न योजना बनाएको भन्दै रसियाले आप्रवासीलाई हतियारको रुपमा प्रयोग गरेको आरोप समेत लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell