PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

पूर्व राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती : प्रजातन्त्रमा शासन गर्ने भए चुनाव लडेर आउनुस्



पहिलोपोस्ट

पूर्व राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती : प्रजातन्त्रमा शासन गर्ने भए चुनाव लडेर आउनुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न शाहलाई चेतावनी दिएका हुन्।

आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा पूर्व राजाले जेलमा हालेको स्मरण गर्दै देउवाले शासन व्यवस्थाविरुद्ध नलाग्न ज्ञानेन्द्र शाहलाई चुनौती दिएका हुन्।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। अरु हुनै सक्दैन। उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि। चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ,' देउवाले भने, 'यो अहिले सबैभन्दा राम्रो संविधान छ। समावेशी, समानुपातिक छ। सबैलाई अटाएको छ।  केही समस्याहरु आउन सक्छन्। त्यो हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ।’

देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता नै भएको भन्दै व्यवस्था जनताको शासनविरुद्ध नलाग्न चेतावनी दिएका हुन्। भने, 'जनता नै हो यो देशको मालिक। जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell