PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

महाधिवेशनको तालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : सिटौला



पहिलोपोस्ट

महाधिवेशनको तालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रममा सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्।

‘एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन। सबै मिलेर यसलाई हामीले सफल बनाउनु छ। स्वच्छ प्रतिस्पर्धा गर्नुछ। आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ। र प्रतिस्पर्धापछि पार्टीभित्र एकता निर्माण गरेर देशप्रति समर्पित पार्टीको रुपमा नेपाली काँग्रेसलाई उर्तानुछ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell