PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

हेलम्बुको इचोकमा बस दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

हेलम्बुको इचोकमा बस दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते
Photo : Sunil Dong Tamang/Facebook

काठमाडौं : हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ। घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell