PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कुमार सानुले जनकपुरमा सांगीतिक प्रस्तुती दिने



पहिलोपोस्ट

कुमार सानुले जनकपुरमा सांगीतिक प्रस्तुती दिने

भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। नेपालको जनकपुरधाममा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिन उनी नेपाल आउन लागेका हुन्।

नोभेम्बर २० (मंसिर ४) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ। त्यसैमा आफ्नो प्रस्तुती दिन उनी भारतबाट नेपाल आउन लागेका छन्। सुरुमा कात्तिक २७ गते हुने भनिएको कन्सर्ट प्राविधिक कारणले मंसिर ४ गते हुन लागेको आयोजकले जनाएको छ।

कन्सर्टमा कुमार सानुका साथै नेपालबाट गायक सुगम पोखरेल, रोशन पराजुली र गायिका पूजा ठाकुरले पनि प्रस्तुति दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell