PahiloPost

Jun 16, 2024 | ३ असार २०८१

टी २० विश्वकप सेमिफाइनल : इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै



पहिलोपोस्ट

टी २० विश्वकप सेमिफाइनल : इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
Photo by INDRANIL MUKHERJEE/AFP via Getty Images

टी २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रिँदैछन्। जायेद क्रिकेट स्टेडियममा आज बेलुकी पौने ८ बजे फाइनल प्रवेशका लागि यी दुई टोली आमनेसामने हुँदैछन्।

समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्याण्डले समूह चरणमा ५ खेलमा ४ जित र १ हार ब्यहोर्दै ८ अंक जोडेर समूहको शीर्षस्थानमा रहेको थियो। समूह चरणको पहिलो खेलमा वेस्ट इण्डिजमाथि ६ विकेटको जित निकाल्दै सुखद सुरुवात गरेको इङ्ग्ल्याण्डले दोस्रो खेलमा बंगलादेशमाथि ८ विकेटको जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा अस्ट्रेलियामाथि ८ विकेटको जित र चौथो खेलमा श्रीलंकामाथि २६ रनको जित निकालेको थियो। समूहको अन्तिम खेलमा भने साउथ अफ्रिकासँग १० रनको हार ब्यहोरेको थियो।

त्यस्तै समूह बी को उपविजेता न्युजिल्याण्डले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग ५ विकेटको हार ब्यहोरेको थियो। त्यसपछिको भारतसँगको खेलमा ८ विकेटको फराकिलो जित निकाल्दै खेलमा फर्किएको थियो। तेस्रो खेलमा स्कटल्याण्डमाथि ६ विकेटको जित, चौथो खेलमा नामिबियामाथि ५२ रनको जित र पाँचौ खेलमा अफगानिस्तानमाथि ८ विकेटको जित निकाल्दै समुहको उपविजेता बन्दै न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो। उक्त समूहबाट पाकिस्तानले शतप्रतिशत जित निकाल्दै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell