PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

कोप२६ ग्लास्गो सम्मेलनको उपलब्धी के ? यस्तो हुँदैछ सम्झौता



पहिलोपोस्ट

कोप२६ ग्लास्गो सम्मेलनको उपलब्धी के ? यस्तो हुँदैछ सम्झौता
फाइल फोटो : रासस

राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी एजेन्सीले कोप २६ सम्मेलनको सहमतिपत्रको पहिलो मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदालाई सहभागी देशका प्रतिनिधिहरुले शुक्रवारसम्म अन्तिम रुप दिने बताइएको छ। 

सम्मेलन शुक्रवार सकिँदै छ। अक्टोवर ३१ देखि स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन अन्तर्गतको विश्वका नेताहरुको सम्मेलनमा सम्बोधन गरेका थिए। 

कोप २६ मा २०० देशहरुलाई २०३० भित्र कार्वन उत्सर्जन घटाउने योजना प्रस्तुत गर्न भनिएको थियो। सन् २०१५ मै तापक्रमलाई २ डिग्री सेल्सियस भन्दा तल र १.५ डिग्री सेल्सियस सम्म पुर्‍याउने लक्ष्य पुर्‍याइएको थियो। पेरिस एग्रिमेन्टमा २०५० सम्म नेट जिरो इमिसन पुर्‍याउने लक्ष्य राखिएको थियो।  

के सहमति भयो सम्मेलनमा?

विश्वका १०० बढी देशका सरकार तथा राष्ट्र प्रमुखहरुले सन् २०३० भित्र वन विनास रोक्ने प्रतिवद्धता व्यक्त गरेका छन्। जुन कार्वनडाइअक्साइडलाई नियन्त्रण गर्न मद्दतगार हुनेछ। 

त्यस्तै सहभागी १०० भन्दा बढी देशका नेताहरुले अहिलेको मिथेन उत्सर्जनलाई ३० प्रतिशत मा कटौती गर्ने सहमति गरेका छन्। 
त्यस्तै ४० देश भन्दा बढी देशहरुले कोइला प्रयोग घटाउँदै लैजाने सहमति गरेका छन्। यद्यपी यो सहमतिमा अष्ट्रेलिया, चीन, भारत र अमेरिकाले सहमति जनाएका छैनन्। 

सम्मेलनमा २०० बढी देशका २५ हजार बढी प्रतिनिधिहरु सहभागि थिए। जलवायु परिवर्तन नियन्त्रणका लागि आदिवासी समुदायको ज्ञान तथा अनुभवले महत्त्वपूर्ण भूमिका रहने भन्दै जलवायु नियन्त्रण सम्बन्धी कार्यक्रममा सो समुदायलाई सहभागि गराउनुपर्ने समेत निर्णयको मस्यौदामा भनिएको छ। त्यसका लागि दोस्रो तीन वर्षे कार्ययोजनामा सहभागी बनाउने उल्लेख छ। 

त्यस्तै मस्यौदामा पेरिस सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा लैजानुपर्ने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell