PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड



पहिलोपोस्ट

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड
Photo : newstracklive

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो।

फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्।

दिवालीको अवसरमा रिलिज भएको यस फिल्मले शुक्रवार पहिलो दिनमा २६.२९ करोड भारतीय रुपैयाँको व्यापार गर्न सफल भएको थियो। त्यसैगरि दोस्रो दिन २३.८५ करोड, तेस्रो दिन २६.९४ चौथो दिन १४.५१ करोड र पाचौँ ११.२२ करोड गरि जम्मा १०२ करोडभन्दा बढी व्यापार गर्न सफल भएको छ।

यसअघि सन् २०२० जनवरीमा रिलिज भएको अजय देवगनको फिल्म 'तान्हाजी' ले सय करोड व्यापार गरेको थियो। त्यसपछि कोरोना महामारी सुरु भएपछि कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेको थिएन्। डेढ वर्षपछि कोरोनाले थला परेको बलिउड फिल्म उद्योगलाई फिल्म 'सूर्यावंशी'  सय करोडको व्यापार गरेर पुरानै लयमा फर्काएको छ।

रोहित सेट्टी निर्देशित यस फिल्ममा अक्षयका साथै कैटरिना कैफ, अजय देवगन र रणवीर सिंह लगायतका कलाकारहरुको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell