PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

गुहेश्वरी पुगेर राष्ट्रपति भण्डारीद्वारा छठी माईको पूजा

गुहेश्वरी पुगेर राष्ट्रपति भण्डारीद्वारा छठी माईको पूजा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।

छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी पुगेकी छिन्। त्यहाँ बनाइएको छठ घाट पुगेर उनले छठी माताको पूजा गरेकी छिन्।

गत वर्ष कोरोना संक्रमणका कारण गुहेश्वरीमा छठ पर्व भएको थिएन। यस वर्ष भने पहिला झैं छठ मनाउन गुहेश्वरी क्षेत्रमा तयारी गरिएको हो।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।  



ट्रेन्डिङ पोस्ट

Ncell