PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

 छठी माईको पूजा गर्न थापाथली पुगे प्रधानमन्त्री देउवा

छठी माईको पूजा गर्न थापाथली पुगे प्रधानमन्त्री देउवा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।

छठको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा थापाथली पुगेकी छिन्। थपाथलीस्थियर वाग्मती नदी किनारमा बनाइएको घाट पुगेर देउवाले छठी माताको पूजा गरेका हुन्।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।  



ट्रेन्डिङ पोस्ट

Ncell