PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कमलपोखरीमा छठ, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

कमलपोखरीमा छठ, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठी माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्।

काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कमलपोखरी पुगेर छठी माईको दर्शन गरी  अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन्।

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरिरहेको कमलपोखरीमा यसपटक छठको आयोजना महानगरपालिकाले नै गरेको हो। कोरोना संक्रमणलाई मध्यनजर गर्दै कमलपोखरीमा आएका भक्तजनहरुलाई मास्क र स्यानिटाइजर वितरण समेत गरिएको थियो।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell