PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पेट्रोल, डिजेल तथा ग्यासको मूल्य पुनः बढ्यो, दुई साताको अन्तरालमा दोस्रो पटक बढाइयो भाउ



पहिलोपोस्ट

पेट्रोल, डिजेल तथा ग्यासको मूल्य पुनः बढ्यो, दुई साताको अन्तरालमा दोस्रो पटक बढाइयो भाउ

काठमाडौँः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। यसअघि मूल्य समायोजन गरेको दुई साता नपुग्दै निगमले पुनः मूल्य बढाएको हो। कात्तिक १२ गते निगमले मूल्य समायोजन गरेको थियो। 

निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार रातिबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको हो। यस्तै, हवाइ इन्धन र ग्यासमा पनि मूल्य बढाइएको छ। 

बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलितर १३६ रुपैयाँ, डिजेल ११९ रुपैयाँ कायम भएको छ। आन्तरिक हवाइ इन्धन मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। बढाइएको मूल्य अनुसार अब हवाइ इन्धनको भाउ १०१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ पुर्‍याइएको छ। 

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाइएको छ। बढाइएको मूल्य अनुसार अब ग्यास प्रतिसिलिन्डर १५७५ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell